उद्देश्य :

तामाङ कर्मचारी सञ्‍जाल गठनको देहायका उद्देश्यहरु रहेकाछन् ।

  • राज्यका निकायहरुमा तामाङ युवाहरुलाई सहभागी हुन प्रेरित गर्नु,
  • निजामती तथा अन्य सरकारी सेवामा तामाङ युवाहरुको सहभागिता बढाउन पहल गर्नु,
  • सबै सरकारी सेवामा प्रवेश गर्न सक्ने क्षमता अभिवृद्धि गर्न तालिम तथा प्रशिक्षण सञ्‍चालन गर्नु,
  • कार्यरत तामाङ कर्मचारीहरुलाई सार्वजनिक प्रशासनको नेतृत्व तहमा पुर्‍याउन क्षमता विकास गर्नु,
  • तामाङ कर्मचारीहरु बीच सहकार्य एवं समन्वय गरी उच्च मनोबलकासाथ सेवामा समर्पित रहन हौसला अभिबृद्धि गर्नु,
  • तामाङ कर्मचारीहरुलाई सेवा सञ्‍चालन तथा प्रबाहमा भएको असहजता निराकरणका लागि  आवश्यक सहयोग तथा सुझाव उपलब्ध गराउनु आदि ।

उद्देश्य प्राप्त गर्न गरिने कार्य :

माथि प्रस्तुत उद्देश्यहरु प्राप्त गर्नका लागि देहाय बमोजिमका कार्यहरु गर्नेछ ।

  • विद्यालय, विश्वविद्यालय तथा विभिन्न तामाङ संघसंस्थाहरुसंग समन्वय गरी तामाङ युवाहरुलाई निजामती तथा अन्य सरकारी सेवा प्रवेशका लागि सूचना प्रवाह गर्ने,
  • तामाङ समुदायमा क्रियाशील विभिन्न संघसंस्थाहरुसँग समन्वय गरी निजामती सेवा प्रवेशका सम्बन्धमा (भौतिक र भर्चुअल) अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने,
  • नेपाल सरकारबाट प्रदान गरिने स्वदेशी विदेशी छात्रवृत्ती सुविधा प्राप्ति सम्वन्धमा सूचना प्रवाह गर्ने,
  • तामाङ विद्यार्थीहरुका लागि छात्रवृत्ती कार्यक्रम तथा नि:शुल्क लोक सेवा तयारी कक्षा सञ्‍चालन गर्ने,
  • सेवामा रहेका तामाङ कर्मचारीहरुलाई शाखा अधिकृत, उपसचिव तथा सहसचिव तयारी कक्षा सञ्चालन सम्बन्धमा गृहकार्य गर्ने,
  • सेवामा रहेका उच्च तहबाट हरेक महिना समसामयिक विषयमा भर्चुअल विधिबाट अधिकृत तहसम्मका तामाङ कर्मचारीहरुलाई असल अभ्यास र अनुभवहरुको आदान प्रदान गर्ने,
  • नेतृत्व तहको असल अभ्यास र अनुभवहरुको आदान प्रदानका लागि उचित वातावरण तयार गर्ने,
  • प्रशासनिक क्षमता विकासका लागि समग्र समुदायमा नवीनतम सूचना तथा जानकारीहरु सम्प्रेषण गर्ने,
  • तामाङ कर्मचारीहरुलाई सेवा सञ्चालन र सेवा प्रबाहमा भएको असहजता निराकरणको लागि नियमित छलफल भेटघाट (भौतिक र भर्चुअल) विधि तय गरी लागु गर्ने,
  • कर्मचारीहरुको ज्ञान, सीप, धारणा, अनुभवहरुको संरक्षण र प्रयोगको लागि तामाङ कर्मचारी सञ्जालको एकीकृत वेवसाइट तयारी गर्ने र संचालन गर्ने,
  • तामाङ कर्मचारीहरुबीचनै स्वस्थ्य प्रतिस्पर्धाको वातावरण तयार एवं नेतृत्व विकास गर्न हरेक तीन महिनामा तोकिए अनुरुप भौतिक एवं भर्चुअल विधिबाट प्रतिस्पर्धात्मक कृयाकलापहरु आयोजना गर्ने,
  • प्राविधिक तथा सुरक्षा निकाय (सेना, प्रहरी) को विभिन्न तहहरुको तयारी कक्षा तयारी कक्षा सञ्चालन सम्भाव्यता अध्ययन गर्ने,
  • कर्मचारीहरुबीच सुमधुर सम्बन्ध कायम राख्न बर्षको कम्तीमा एकपटक तोकिएको स्थानमा बनभोज कार्यक्रम आयोजना गर्ने ।