यस सञ्जालको स्वीकृत कार्यक्रम अन्तर्गत तामाङ समुदायका युवाहरुलाई राज्यको प्रशासनिक क्षेत्रमा सहभागिता बढाउने उद्देश्यले
लोकसेवा आयोग (संघ र प्रदेश) बाट लिइने शाखा अधिकृत वा सो सरह र ना.सु./खरिदार वा सो सरह पदको परीक्षालाई मध्यनजर
राखी उक्त परीक्षाको प्रथम चरण (First Phase) को तयारी कक्षा सञ्चालन हुन गइरहेको छ । उक्त कक्षा यस सञ्जालको
व्यवस्थापन एवं पहलमा विज्ञ प्रशिक्षकहरुबाट निःशुल्क रुपमा अनलाइन माध्यमबाट सञ्चालन गरिने भएकोले योग्यता पुगेका
इच्छुक तामाङ कर्मचारी (सञ्जालमा आबद्ध समेत) र विद्यार्थी एवं व्यक्तिहरूका लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपसिल:
- कक्षा सञ्चालन गरिने पदः शाखा अधिकृत/अधिकृतस्तर र ना.सु./खरिदार,
- कक्षाको माध्यमः ONLINE बाट,
- कक्षा सञ्चालन अवधिः अधिकृतस्तर/ना.सु./खरिदार करिब ३५(पैतीस) दिन(प्रत्येक दिन कम्तीमा 2 घण्टा हुनेगरी),
- फर्म भर्ने अवधि र तरिकाः यो सूचना प्रकाशन भएको मितिले 7 (सात) दिनभित्र सञ्जालको वेवसाईट
https://tamangemployeenetwork.com/मा गई लोक सेवा परीक्षा तयारी कक्षामा क्लिक गरी मागिएको विवरण गुगल
फर्म भर्ने, - कक्षा सञ्चालन अभिमुखीकरणः मिति २०७९ मंसिर २५, २६ र २७ गते,
- कक्षा सञ्चालन मिति र समय सम्बन्धमा फर्म भर्ने म्याद सकिएपछि सहभागीहरुलाई फोन/वेबसाइट/फेस बुक पेज मार्फत
जानकारी गराइने, - अन्य जानकारीका लागि सञ्जालको वेबसाइट/फेस बुक पेज र 9851178178, 9851310999, 9840069728 मा सम्पर्क
गर्नु हुन जानकारी गराइन्छ ।